काठमाडौं, असोज ५ । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सदैव साथमा रहने बताउँदै बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो।












प्रतिक्रिया दिनुहोस्