काठमाडौं, असोज ६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाएसम्म चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा नबढ्ने बताउनुभएको छ ।
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै सोमबार आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वको समयमा मूल्यवृद्धि गर्न नहुने बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म सरकारले तोकेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने स्पष्ट पार्नुभयो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा भने व्यवसायीले बाध्य भएर यातायात भाडा बढाउनुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।
चाडपर्वका समयमा तोकिएको भन्दा बढी भाडा असुल्ने अवस्था आउन नदिन अध्यक्ष सिटौलाले यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्