जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १५:५९

सरकारसँग ११ बुँदे माग राख्दै उद्योग-ब्यवसायी महासंघको माग, पूरा नगरे आन्दोलनमा जाने चेतावनी (पूर्णपाठ)


काठमाडौं, भदौ १७ । नेपाल उद्योग तथा ब्यवसायी महासंघले सरकारको गलत आर्थिक नीति र रवैयाका कारण उद्यम ब्यवसाय धरासायी बनेको र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायन हुने वा आत्महत्या गर्न बाध्य बनेको बताएको छ । संघले आज पत्रकार सम्मेलन गरी यस्तो निश्कर्ष सुनाएको हो ।

‘अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम ब्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतका राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्था छ । तर त्यसो नगरी राज्यका निकायहरुबाट बेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायत हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनमा महासचिव भगिरथ सापकोटाले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

महासंघले उद्योग ब्यवसाय र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्न माग गर्दे त्यसो नगरे चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ भने ११ बुँदे मागसमेत राखेको छ ।