स्याङ्जा, २२ भदौ । स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान माछा मार्ने क्रममा करेन्ट लागेर वालिङ नगरपालिका–६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटासहित माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्