जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १९:४५

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु


बर्दिया, २२ भदौ । बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ । आज अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो । महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लगिएको छ ।