रुपन्देही, २९ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’ भनेर स्टाटस लेख्नुभएको हो ।
गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लाग्नुभएको थियो । उहाँ मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बन्नुभएको थियो । उहाँ एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा जानुभएको थियो । तर, निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्