कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–११ चेकप्वाईन्टबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्