जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १८:५६

चार किलो चरेससहित एक जना पक्राउ


धनगढी, ४ असोज । कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो । बझाङको सुर्मा गाउँपालिका घर भइ राजिपुर बस्दै आएका ४४ वर्षीय सालिमान पुजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ नोट गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ समेत बरामद गरिएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पुजारालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।