काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिनुभएको छ । भावी अध्यक्षको कार्यकालका लागि उहाँले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिनुभएको हो । बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उहाँले उम्मेदवारी नदिने लगभग देखिएपछि चन्द पुनः सर्बसम्मत निर्वाचित हुनुभएको हो ।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भएपनि अन्तिम समयमा उहाँले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्नुभएको थियो । उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियो । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उहाँ नै सर्बसम्मत हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्