जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार २१:२१

अभिनेता अनमोल केसी जिरी जमानीमा रिहा


काठमाडौं, असोज १४  । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो । अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् ।

आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्नसक्ने प्रावधान छ ।