बझाङ, १५ असोज । बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन् ।
अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो । तर उनी २०७५ चैत १२ गतेदेखि फरार थिए । प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्