जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १७:२७

अनलाइनमा २४ करोड बढीको सट्टेबाजी गर्ने युवक पक्राउ


काठमाडौं, १९ असोज । अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो । उनले कानुन विपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

साहले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बट, मेलबेट, रुपी बेठ, स्काई चेन्ज, बेलीज बेट, खेल विनलगायत वेवसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ । उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।