काठमाडौं, असोज २० । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनका लागि मार्ग मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने समेत दावी गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताउनुभयो । उहाँले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताउनुभयो । नेता कोइरालाले मतदातालाई समेत प्रश्न गर्नुभएको छ, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उहाँले भन्नुभयो । ,देश अराजकताबाट गइरहेको छ । देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ ।
देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोेलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन नेता कोइरालाले भन्नुभयो । उहाँ २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । कुनैपनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ ।
त्यसैले जातिय राज्य दिन सकिँदैन । त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरुको लागि दुर्भाग्य हो । प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उहाँको भनाइ छ ।राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्