जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १३:१३

वैदेशिक रोजगार कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर


मोरङ, बैशाख २१

प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरभित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृति बापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा सुविधाको लागि १९ गतेदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त काउन्टरको शुभारम्भ श्रम तथा वैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गर्नुभएको थियो । बैंकले यस्तो कार्यबाट वैदेशिक रोजगारीमा जानेहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा नेपालको राजश्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास लिएको छ ।