क्यानबेरा, असोज २४ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा पाचौँ स्टारलिंक नेपाल एम्बेसी कप गत शनिवार सम्पन्न भएको छ । क्यानबेरा नेपलीज फुटबल क्लबको आयोजनामा भएका उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
क्यानबेरासहित सिड्नी, ओरेन्जका नेपाली र भुटानी मुलका खेलाडीहरुले सहभागिता रहेको प्रतियोगिताको फाइनलमा एसजीएनसी जर्ज (st george) फुटबल क्लबले नेपाल यूनाईटेड फुटबल क्लबलाई चार सून्यको फराकिलो जीत निकाल्दै उपाधि चुमेको छ । प्रतियोगितामा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाको लागि नेपालका राजादुत कैलाशराज पोख्रेलले खेलको उदघाटन गर्नुभएको थियो । त्यसैगरी प्रतियोगितामा फिन्काका अध्यक्ष डा.कृष्ण हमाललगायतका अन्य विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगिताको प्रमुख अतिथि राजदुत प्रोख्रेलले यस्ता प्रतियोगिताले सबै अष्ट्रेलियाभर रहेका गैरआवसीय नेपालीहरुलाई जोड्ने अनि मजबुत बनाउदै लाने भएकाले यस्ता खेलहरु वर्षमा एकचोटि आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल एम्बेसीले यसको लागि आवश्यक सहकार्य गर्नेप्रतिवद्धता पनि जनाउनु भयो ।
प्रतियोगितामा सिड्नीबाट ३ टिम, ओरेन्जबाट १ टिम र क्यानबेराबाट भुटानी समुदायबाट ४ टिमले सहभागिता जनाएका थिए । बिगत वर्षहरुमा मेलवर्न र अल्बरीबाट पनि सहभागिता रहेको तर यसपटक भने मेलवर्नमा पनि प्रतियोगिता छिट्टै हुने भएको हुनाले क्लबहरुले सहभागिता जनाउन नपाएको क्लवका अध्यक्ष भविन्द्र तिलिजाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम भएको टिम st george फुटबल क्लबले ५ हजार डलर नगद, कप र मेडल पाएको थियो भने उप विजेता नेपाल यूनाईटेड क्लबले २ हजार हजार डलर, नगद, कप र मेडल पाएको अध्यक्ष बीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आयोजक क्यानबेरा नेपलीज फुटबल क्लव (अलाअ) प्रतियोगिताको सेमिफाइनल चरणबाट बाहिरिएको थियो ।
कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा Starlink Mortage and Finance रहेको थियो भने प्लाटिनम स्पोन्सर रुपमा 909 IT Solution रहेको थियो । त्यस्तै गोल्ड स्पोन्सर रुपमा Success Education and Visa Service र च्ष्नजत बलम Right and Associates रहेको थियो ।
बिजेता फुटबल क्लव अष्ट्रेलियाका नेपालीबीच चर्चित टीम हो । यो क्लवबाट बिगत १५ बर्षमा नेपाली राष्ट्रिय टीमका दिपक गुरुङ र सरोज दाहालले खेलिसक्नुभएको छ । क्लवका यस क्लवका अध्यक्ष बीरेन्द्र श्रेष्ठ, टीम म्यानेजर टोम थापा, टीम क्याप्टेन शुसान्त कुँवर, भाइस क्याप्टेन मिलन गिरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्