जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार १४:३०

प्रभु साहको आम जनता पार्टीमा प्रवेश गरे रास्वपा चितवनका संस्थापक अध्यक्ष


काठमाडौं, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संस्थापक सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ ।बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गर्नुभयो ।

सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आउनु भएको थियो । पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन रास्वपातिर लागेको बताउने सापकोटा अव आम जनता पार्टीको आवश्यकता महसुस गरेर आजपामा प्रवेश गरेको बताउनु भयो ।

पहिलो पटक रविलाई चितवन लगेर चुनाव जिताउनु भएका सापकोटाले गत माघमा रास्वपा चितवन जिल्ला सभापतिबाट राजीनामा दिनुभएको थियो ।