जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १३:४०

हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ


लमजुङ, २५ असोज । सुन्दरबजार नगरपालिका–८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेटजस्तो देखिने बन्दुकसहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्याल भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।