काठमाडौं, असोज २७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौं आएर सोझै कांग्रेस नेता डा. शेखर कोइरालाको निवास पुग्नुभएको छ ।
एमालेका ३९ र कांग्रेसबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा आज बिहान मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्की शपथअगावै आज नै काठमाडौं आउनु भएको हो ।
मुख्यमन्त्री कार्की काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सोझै कांग्रेस नेता कोइरालाको निवासमा पुग्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । शपथ लिनुअघि उहाँ नेताहरु भेट्न काठमाडौं आउनु भएको हो ।














प्रतिक्रिया दिनुहोस्