जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ११:५६

‘टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड’ विजेतालाई नगद पुरस्कार


काठमाडौं,भदौ २७
नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बामोटर्स प्रा.लि.ले यही भदौ २८ गते “टिभिएस दशैंको दौड” अन्तर्गत म्याराथन दौडको आयोजना गर्ने भएको छ । यो दौड काठमाडौंमा पहिलो पटक आयोजना गरीने भएको छ । सबैलाई दौडमा निःशुल्क भाग लिन टिभिएस शोरुममा नगइ वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने अफर रहेको रमाइलो म्याराथन दौड हो ।

उक्तदिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रष्ट पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले “दशैंको चहलपहलले हामीलाई छोइसकेको र यो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्षल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुनउत्साहजनक रुचीदर्शाउनु भएको छ, त्यसबाट हामी प्रभावित भई स्वास्थ्यकालागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौ । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापनहुनेछ । सबै उमेर समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबैजनालाई स्योर सट छुटस्वरुप रु.१,०००÷प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथमहुनेलाई रु.५०,०००÷ द्वितीय स्थानमा आउनेलाई रु.२५,०००÷ र तृतीय स्थानमा रहनेलाई रु.१५,०००÷ नगद पुरस्कार प्रदान गरिनेछ ।

यो रमाइलो दौडमा सहभागीबन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वा https://tvsmotors.com.np/dashain मा गई अनलाइनमार्फत् वा दौड शुरु हुने दिन नक्साल बालमन्दिरमै विहान ६ बजे उपस्थितभएर नामदर्ता गराउन सक्नेछन् । साथै यो रमाइलो दौडमा सहभागी हुन सबैमा हार्दिक अनुरोध पनि गरीएको छ ।