काठमाडाैं, कात्तिक ८। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लाग्नुभएका पर्वतारोही प्रकाशराज पाण्डेलाई सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको छ ।
पाण्डेलाई ओलीले बुधबार बिहान राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाइ गर्नुभएको हो । पाण्डेलाई ओलीले आफ्नै निवास बालकोटमा एक कार्यक्रम गरी नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो ।
पाण्डेको बिदाइ कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल,पूर्वमन्त्री बशन्त नेम्वाङ, पूर्वसांसद कोमल ओलीलगायतका एमाले केन्द्रीय नेताहरू सहभागिताको रहेको थियो । उहाँहरूले पनि ओलीसँग पाण्डेलाई आरोहण सफलताको शुभकामना दिनुभएको थियो ।
सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ ताञ्जेनियाको किलिमञ्जारो आरोहणमा जान लाग्नुभएका पाण्डे आज साँझ त्यसतर्फ जाँदै हुनुहुन्छ । ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखर आरोहणको लागि आज साँझ पाँच बजे त्यस तर्फ जाने पाण्डेले बताउनुभयो । ‘आज साँझको फ्लाइटमा जाँदै छु, नोभेम्बर ७ तारिकमा फर्कने टिकट तय भएको छ’, पाण्डेले भन्नुभयो ।
पाण्डेले हालसम्म नौवटा हिमाल आरोहण गरिसक्नु भएको छ । सन् २०१६० बाट हिमाल आरोहण गर्न सुर गर्नुभएका पाण्डेले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुएभएको थियो । त्यस्तै गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि आरोहण गरिसक्नु भएको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिनुभएका ३१ वर्षीय पाण्डेले सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण सक्नु भएको छ । उहाँ एक वर्ष भित्र विश्वका सबै महादेशका सात अग्ला चुचुरा आरोहण गर्ने अभियानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्