जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार ११:४३

एकै ओभरमा नेपालले लियो दुई विकेट, विष्फोटक ब्याटसम्यान मोहम्मद वसिम आउट


काठमाडौं, कात्तिक १७ । टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन ।

खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए । यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरे । चौथो ओभरको पहिलो बलमा सोमपालले खालिद शाहलाई रन आउट गरेका थिए।

एक रनको अन्तरमा वासिम पनि आउट आउट भए। पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको यूएईले ४ ओभरमा २ विकेट गुमाएर ३० रन जोडेको छ । खेल मुलपानी मैदानमा जारी छ । आठ ओभर समाप्त हुँदा युएइले २ विकेटको क्षतीमा ५० रन बनाएको छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।