जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार ११:५७

युएइको तेस्रो विकेट झर्यो, सन्दीपले लिए आसिफ खानको विकेट


काठमाडौं, कात्तिक १७ । आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ ।

आक्रामक बलर सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई आउट गरेका हुन । यूएईले १० ओभरमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ । १० औँ ओभरको अन्तिम बलमा सन्दीपले आसिफलाई एलबीडब्लू धरापमा पारेका थिए ।

आसिफले १३ रन जोडे। कप्तान मुहम्मद वासिम २६ रन जोडेर आउट भए। अरविन्द भ्रित्या २० रनमा खेल्दैछन् । खेलमा ११ ओभर सकिदा युएइले ३ विकेटको क्षतीमा ७५ रन बनाएको छ ।