जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १९:०३

कोशीका मुख्यमन्त्रीद्वारा माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराउँदै मन्त्री नियुक्त, सरकार छाडने एमालेको घोषणा


बिराटनगर, कात्तिक १७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको गर्नुभएको छ ।

गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बन्नुभएका कांग्रेस नेता कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेवुलाई बिनाबिभागीय मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउनु भएको हो । मुख्यमन्त्री कार्कीले माओवादी र समाजवादीलाई सरकारमा सामेल गराएसँगै नेकपा एमाले कोशी सरकारबाट बाहिरने भएको छ ।

कोशी प्रदेश संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता गठबन्धनलाई नभई कांग्रेससँग मात्रै सहकार्य गरेको तर आज सत्ता गठबन्धन बनाएकोले सरकारबाट बाहिरिने जनताटाइम्स डटकमलाई बताउनु भयो ।