जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १६:३८

भूकम्पपीडितको राहत र उद्दारमा एमाले सरकारको साथमा छ : अध्यक्ष ओली


बीरगञ्ज, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यमा एमाले सरकारको साथमा रहेको बताउनु भएको छ ।

पार्टीको मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताउनु भएको हो । उहाँले ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । सरकारले काम गर्नुपर्यो,’ ओलीले भन्नुभयो, ‘मान्छे पुरिएका छन कि जिउँदै छन कि तिनलाई निकाल्न सकिन्छ कि, त्यस काममा सरकारले सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सरकारले पूरा शक्ति लगाएर नगरे एमालेले बिगतमा जसरी नै काम गर्ने बताउनु भयो । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भन्नुभयो ।