जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १०:२८

भूकम्पपीडितका लागि ५ लाख ७० हजार सहयोग गर्ने एमाले बागमती संसदीय दलको निर्णय


काठमाडौं, कात्तिक २० । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्पपीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकलाई ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो।

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको थपलियाले बताउनु भयो।

विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आआफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेश सभामा एमालेका २७ जना सदस्यहरु रहेका छन्।