जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार ०८:१५

एमाले सचिवालय बैठक आज, यस्ता छन बिशेष एजेण्डा


काठमाडौं, २२ कार्तिक । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ ।

एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।