जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार ०९:२७

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज, यस्तो छ संभावना


काठमाडौं, कात्तिक २३ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज तोकिएको छ ।

गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ गते चौधरी जेलबाट छुनुभएको थियो ।

चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । मंगलवार थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक छन ।

नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो । आज ती दुवै मुद्दामा सुनुवाइ तोकिएको छ । सर्वाेच्चले यसअघि योगराज ढकाल उर्फ रिगलको मुद्दामा पीडितको सहमति अनिवार्य भन्ने नजिर स्थापित गरेको छ । चौधरीको मुद्दामा यो नजिरलाई कसरी ब्याख्या हुन्छ भन्ने कुराले मुद्दाको अन्तिम किनारा हुनेछ ।