जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १३:०८

‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’ सम्पन्न


काठमाडौं, भाद्र २९
टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आयोजना गरेको “टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड” शनिबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरण लगायत चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा रार्इ आदिको सहभागीता रहेको थियो ।

दौडको प्रारम्भ गर्दैं खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले ‘‘यसप्रकारको छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभदायक छ भनेर सन्देश दिन खोजेको र स्वास्थ्य प्रति सजग गराउने लक्ष्यका साथ रमाइलो दौड आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु’’ भन्नु भयो ।

सोही दौडमा सहभागी बन्नु भएका कलाकार निखिल उप्रेती र प्रदिप खड्काले रमाइलो र मनोरन्जनको लागि आयोजना गरिएको यस दौडमा सहभागी बन्न पाउँदा आफूलाई रमाइलो लागेको र बालबालिका, युवायुवती, पाका उमेरका सबै जना गरी हजारौंको संख्यामा सहभागीता रहनुले स्वास्थ्यप्रति हामी कति सचेत छौ भन्ने उदाहरण प्रस्तुत गरेको पनि उृल्लेख गर्नु भयो ।
प्रतियोगितामा सहाभगी सबै जनालाई टिभिएस बाइक तथा सक्ूटर खरीदमा रु.१ हजार नगद छुट प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थान प्रतियोगीहरुलाई क्रमशः रु ५० हजार रु.२५ हजार र रु.१५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी हुनु भएको छ ।

सो कार्यक्रमा शंकर ग्रुप प्रा.लि.का प्रबन्धनिर्देशक शाहिल अग्रवालले  ‘‘पहिलो पटक आयोजना गरेको यो रमाइलो दौडलाई सफल बनाउन उत्साहजनक रुपमा सहभागी भै दिनु भएकोमा म र कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु , साथै यहाँहरुको उत्साह एवं हौसलाका साथ निर्धारित दूरी पूरा गर्नु भएकोमा त्यसले हामीलाई आगामी दिनका लागि थप हौसला प्रदान गरेको छ, आगामी दिनमा पनि ग्राहकहरु सँग प्रत्यक्ष सम्बन्ध राख्ने र यसप्रकारको योजनाहरु संचालन गर्ने प्रण गर्दै आजका विजेताहरुलाई बधाई समेत ज्ञापन गर्दछु” भन्नु भयो ।