जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १६:५९

रुगिनमा भाइरल ज्वरोको प्रकोप


बाजुरा, बैशाख २१

हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताउनुभयो ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको छ। जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ।

महामारी नियन्त्रण गर्न ५०० देखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ। जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ।