जनता टाइम्स

२९ कार्तिक २०८०, बुधबार १३:३३

टी–२० क्रिकेट : तान्जानियासँग नेपाल पराजित


काठमाडौं, कात्तिक २९ । चारदेशीय महिला टी–२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ ।

हङकङमा चलिरहेको प्रतियोगितामा नेपाल २७ रनले पराजित भएको हो । १ सय १६ रनको लक्ष्य पाएको नेपाल १६.५ ओभरमा ८८ रन बनाएर अल आउट भयो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४३ रन बनाइन । कप्तान इन्दु बर्माले १५ रन बनाइन । त्यस बाहेक नेपाली खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।