जनता टाइम्स

२ मंसिर २०८०, शनिबार १४:०२

‘सर्वोच्च तिमी कहाँ छौं ?’ भन्दै टिकटकरहरुको प्रदर्शन


काठमाडौं, २ मंसिर । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् । आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०र३५ जना टिकटकरहरु सहभागी छन् ।

उहाँहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराख्नु भएको थियो । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।