जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार १४:००

न्यायाधीश शर्माको इजलाशमा टिकटकमाथि प्रतिबन्धबिरुद्धको रिटको सुनुवाई जारी, के होला आदेश ?


काठमाडौं, मंसिर ५ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा भइरहेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबिरुद्ध सर्वाेच्चमा १४ वटा रिट परेको छ । सो रिटमा आज सुनुवाई भइरहेको छ । सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ वटा रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गर्नुभएको हो ।

सर्वाेच्च प्रशासनका अनुसार सवै रिटमाथि अहिले न्यायाधीश शर्माको एकल इजलाशमा सुनुवाई भइरहेको छ । सुनुवाई सकिएपछि आदेश आउने छ ।