काठमाडौं, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।
कर्णालीका लागि तलतले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा २ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए । त्यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्ने क्रममा १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे ।
पवन सर्राफले २१ बलमा २ छक्कासहित १५ रन बनाउँदा गुल्सन झाले अन्तिमतिर विस्फोटक ब्याटिङ गर्दै ६ बलमा १ चौका र २ छक्कासहित १८ रनको योगदान दिए ।
यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आएका चसिन शर्मा भने खाता नै नखोली पेभेलियन फर्किए । त्यस्तै, दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए । नन्दन यादव २ रनमा अविजित रहे ।
चितवनका लागि बलिङतर्फ कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।
अब १५४ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोज मैदानमा उत्रिएकाे छ ।














प्रतिक्रिया दिनुहोस्