जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १९:०३

झापाका तीन पालिकामा बिहीबार स्थानीय बिदा


झापा, ६ मंसिर । हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् । कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो ।

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् ।

कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।