जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार ०८:०३

मुलुकको अर्थतन्त्र दिगो आर्थिक बृद्धि र स्थायित्वको बाटोमा : अर्थमन्त्री खतिवडा


काठमाडौ., बैशाख २२

अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्किनु भएको छ ।

बैठकमा सहभागी हुने सिलसिलाममा अर्थमन्त्री डा. खतिवडाले विभिन्न मुलुक तथा वित्तिय संस्थाका विशिष्ट पदाधिकारीहरुसंग भेटवार्ता गरी नेपालको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै द्धिपक्षिय तथा बहुपक्षीय सहयोगको बारेमा वार्ता गर्नुभयो ।

बैठककै अवसरमा अर्थमन्त्री डा खतिवडा र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नकाओको बीच फिजीको नादीमा द्विपक्षीय बैठक सम्पन्न भयो । सो बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार उच्च आर्थिक बृद्धिदरको बाटोमा अघि बढेको मुद्रास्फिति नियन्त्रणमा रहेको, पुननिर्माणमा उल्लेख्य प्रगति भइरहेको तथा एडिविको सहयोगकाक आयोजनाको प्रगति सन्तोषजनक रहेको तथा उच्च आर्थिक बृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको सम्बन्धमा अध्यक्षलाई अवगत गराउनुभयो ।

उहाँले उच्च आर्थिक बृद्धिको पथमा गईरहेको आयात बढेको र व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुकको अर्थतन्त्र दिगो आर्थिक बृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको स्पष्ट पार्नुभयो ।