जनता टाइम्स

८ पुष २०८०, आईतवार १७:०५

युवाहरूले अहिलेकै अवस्थामा देश छाडे देशको भविष्य अप्ठेरोमा पर्नसक्छ : अध्यक्ष ओली


काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरु देशमा नबस्ने र जनसंख्या नै बसाइ सर्ने ठूलो चुनौती रहेको बताउनुभयो । आज झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँदै उहाँले यस्तै अवस्था कायमै रहे देशको भविष्य अपठेरोमा पर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्रका सम्भावना थुप्रै छ । अरु चुनौती समाधान गर्न सजिलो छ । तर, सबैभन्दा ठूलो चुनौती युवाहरु देशमा नबस्ने र जनसंख्या नै बसाइ सर्ने, युवाहरु नभएपछि अरु के गरेर बस्ने त्यो दुर्गमा ठाउँमा ? खेती नभएपछि वन जस्तो अवस्था हुन्छ त्यहाँ । त्यसैले बसाइसराइ र युवा पंक्ति बस्न नसक्ने स्थिति छ ।’

अध्यक्ष ओलीले आफूहरुको सभामा पनि ४० प्रतिशतभन्दा धेरै युवाहरु सहभागी नभएको बताउनुभयो । यद्यपि, आफूहरुले अवधारणा राख्ने मानिसहरुमा आशावादी देखिएको बताउनुभयो । उहाँले यसलाई रोक्न आफूहरुले विज्ञहरुसँग पनि छलफल गर्ने बताउनुभयो ।