जनता टाइम्स

१० पुष २०८०, मंगलवार १७:४३

चारै वेदका नेपाली अनुवादक तिलकप्रसाद लुईंटेलको निधन


काठमाडौं, १० पुस । चारवटै वेदलाई नेपाली भाषामा अनुवाद गरेका साहित्यकार तिलकप्रसाद लुईंटेलको निधन भएको छ ।

ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्नुभएको साहित्यकार तिलकप्रसाद लुइटेलको आज बिहान निधन भएको हो ।

दुवै मृगौलामा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा आज बिहान उहाँको निधन हो ।