जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार ०९:३०

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ


काठमाडौं, पुस १३ ।  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् ।उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।