जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार ११:२३

भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला


काठमाण्डौं, बैशाख २२

नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला चयन हुनुभएको छ । नेपाल भ्यालुयर्स एसोसिएशन चल, अचल सम्पत्तिको धितो मुल्याङकन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था हो ।

चौथो महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबाबु सेढाई, उपाध्यक्षहरुमा लैला श्रेष्ठ र जीवन अर्याल, महासचिबमा मुक्ति पाण्डे, सचिबमा दिनेश कुमार पाठक, कोषाध्यक्षमा बिकास वाग्ले चयन भएका छन् । सदस्यहरुमा रामरतन यादब, मनिस कर्ण,अमित थकाली, प्रविण सिंह निर्वाचीत हुनुभएको छ ।

नेपाल भ्यालुयर्स एसोसिएशनको चौथो अधिवेशनलाई उदघाटन गदै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीबि नेपालले मुल्यांकनकर्ताहरुलाई मर्यादीत,व्यवस्थीत र जिम्मेवार बनाउन राष्ट्रबैकले मुल्यांकन निर्देशीका तथा कार्यविधि ल्याउन लागिएको बताउनु भयो ।

गर्भनर नेपालले भ्यालुयर्सहरुको मुल्यांकनको आधारमा सम्पत्तीको मुल्य देखि राज्यको कर सम्मको निर्धारण हुने भएकाले जोखिमलाई ख्याल राखेर इमान्दारीतापुर्व काम गर्न भ्यालुयर्सहरुलाई आग्रह गर्नु भएको छ ।

गर्भनर नेपालले भन्नुभयो “पढाईमा राम्रो अंक ल्याउने तथा अब्बल बिद्यार्थीहरुनै इन्जीनियर बन्ने गरेकाले समाजमा इन्जीनियरहरु असल हुन्छन भन्ने मान्यता छ त्यसैले तपाँईहरु आफनो पेशाको इज्जत गर्नेगरी काम गर्नुहोस ।’

उदघाटन कार्यक्रममा बोल्दै भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले मुल्यांकनकर्तालाई सानो गल्तीमा समेत कानुनी प्रक्रिया बिनै कालोसुचिमा राख्ने तथा बैकिङ कसुर जस्ता बिभिन्न किसिमका हतोत्साहीत पार्ने काम भइरहेको बताउनु भयो ।