जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार ११:३३

प्रभु बैंककाे विराटनगर रोजगार कार्यालय भित्र एक्सटेन्सन काउन्टर संचालनमा


काठमाण्डौं, बैशाख २२

प्रभु बैंक लिमिटेडले  विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र बैदेशिक रोजगारीमाजाने सेवाग्रहिकालागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गर्नु भएको थियो ।

यस कार्यबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्नेविश्वास यस बैंकले लिएको छ ।