जनता टाइम्स

१४ माघ २०८०, आईतवार २०:४०

फिल्म खेल्दै केपी ओली, प्रधानमन्त्रीको भूमिका निभाउने


काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फिल्म खेल्नुहुने भएको छ । एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा अध्यक्ष ओलीले अभिनय गर्न लाग्नुभएको हो । चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनुहुनेछ ।

आज राजधानीको बत्तिसपुतलीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले फिल्म ‘नमेटिने घाउ’ को शुभ मुहुर्त गर्नुभयो । अभिनेता रमित ढुंगाना लगायतको टोलीले सो फिल्न निर्माण गर्न लागेको हो । यसबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा अध्यक्ष ओलीले आफ्नो फिल्ममा आफ्नो भूमिका कम्मर मर्काउने र गाला तन्काउने नभएको बताउनुभयो ।