जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १२:०९

बेनाली मोटरसाइकलको शोरुम नेपालगञ्जमा


काठमाण्डौं, बैशाख २२

बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उक्तउद्घाटन समारोहमा बेनालीका ब्राण्डए बेसडर अनमोल के.सी.को उपस्थिती कम्पनीले जनाएको छ ।

बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन बर्षौ देखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाईकलको अत्याधिकमात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनि चाहना तथा आरामदायिक रहेको छ ।नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाईकल रहेकाछन् ।