काठमाडौं, फागुन २ । नेकपा एमालेले पुष्पलाल मध्यपाहाडी लोकमार्गको बिकाशको बिषयमा सरकारका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गरेको छ ।
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल नेतृत्वको टोलीले आज मुख्यसचिव बैंकुण्ठ अर्यालसहित सरकारका सचिवहरुसँग गम्भीर छलफल गरेको हो ।
एमालेले मध्यपाहाडी लोकमार्गको बिकाशका लागि गत मंसिर १४ गतेबाट माघ १ गतेसम्म बैतडीको महाकाली किनार झुलाघाटदेखि पाँचथरको नेपाल भारत सीमा क्षेत्र चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प अभियान सञ्चालन गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सवै पदाधिकारीसमेत सहभागी यात्राको क्रममा प्रत्येक जिल्लाबाट प्राप्त सुझावलाई समेटेर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको छ । एमालेले सुझाव कार्यान्वयनका लागि उपाध्यक्ष पौडेलकै नेतृत्वमा कार्यदलसमेत बनाएको छ । आज सोही कार्यदलले मुख्यसचिव र सचिवहरुसँग कार्यान्वयनको बिषयमा छलफल गरेको हो ।
एमाले उपाध्यक्ष पौडेलले झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा तयार भएको र गत माघ ९ गते अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेको ज्ञापन पत्र कार्यान्वयनका लागि आज मुख्यसचिव र सचिवहरुसँग छलफल गरिएको बताउनु भयो ।
‘अनुगमनको सिलसिलामा आज सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू र प्रतिनिधिहरूसंग महत्वपूर्ण छलफल भएको छ,’ संयोजक पौडेलले भन्नुभयो । एमालेले झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा तयार भएको सुझावलाई कार्यान्वयन गरे मध्यपाहाडमा अहिले देखिएको समस्या समाधान हुने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्