जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार २२:१०

सरकारले बढायो पेट्रोल-डिजेल र मट्टितेलको मूल्य


काठमाडौं, फागुन ३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमको सञ्चालक समिति बैठकले आज राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ तथा डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमको दावी छ ।