अमेरिका, असोज ७ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को सचिव पदमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आगामी असोज २८–३० गते अर्थात अक्टोबर १५ देखि १८ तारिखसम्म काठमाडौंमा हुने नवौं बिश्व सम्मेलनमा संघको अमेरिका क्षेत्रीय संयोजकसमेत रहनुभएका जोशीले केन्द्रीय सचिवमा पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
संघको नवौँ विश्व हुँदैछ । एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेको र यसलाई थप गतिशील बनाउन सचिवमा उम्मेद्वारी दिने निश्कर्षमा पुगेको जोशीको भनाई छ । अहिलेसम्मका अनुभवलाई एक कार्यकाल केन्द्रमा बसेर सेवा गर्ने चाहना भएकोले शुभेच्छुकहरूको आग्रहमा सचिवमा उम्मेदवारी दिन लागेको जोशीले जनताटाइम्स्लाई बताउनु भयो ।
एनआरएन यात्रामा आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउनु भएका जोशीले समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाउनुभएको छ । जोशीले एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू आफ्नो चुनावी घोषणा पत्रमा अघि सार्नुभएको छ ।
उहाँले क्षेत्रीय संयोजक भएर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताउनु भयो । विदेशमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने जस्ता बिषयलाई जोशीले आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ । ‘मैले जति काम क्षेत्रीय संयोजक भएर गरें, अब त्यो अनुभव ग्लोबल र नेपालको लागि गर्ने चाहाना छ’, जोशीले जनताटाइम्ससँग भन्नुभयो ।
जोशीले एनआरएनएले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैँ विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । त्यस्तै नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको विश्व बजारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत अघि बढाउने उहाँको योजना छ ।
प्रतिक्रिया दिनुहोस्