जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १४:२७

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीनै जना मन्त्रीले दिए राजीनामा


सुर्खेत, फागुन २२ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन जना मन्त्रीले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। शर्मा नेकपा माओवाादी केन्द्रका हुनुहुन्छ । सोमबार केन्द्रको कांग्रेस(माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिनुभएको हो ।