जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १७:३१

वैदेशिक रोजगार विभागका कर्मचारी घुससहित रंगेहात पक्राउ


काठमाडौं, फागुन २९ । वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई घुससहित रंगेहात पक्राउ गरेको हो। सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले निरौलालाई पक्राउ गरेको हो ।

निरौला पूर्वमन्त्री शरदसिंह भण्डारीको बिश्वास पात्र भन्दै बिभागमा घुस असलीको काम गर्दै आएको र हरेक सेवाग्राहीसँग काम गर्न पैसा माग्ने गरेको उजुरीपछि केही समयदेखि अख्तियारले निगरानीमा राखेको थियो । निगरानीकै क्रममा निरौला रंगेहात फेला परेका हुन ।