जनता टाइम्स

७ चैत्र २०८०, बुधबार १६:४१

यी सांसदलाई चाहियो चुनाव खर्च उठाउन सांसद विकास कोष, बजेटमा अनिवार्य समेटन अर्थमन्त्रीमाथि दवाव


काठमाडौं, चैत ७ । सांसदहरूले आगामी बर्षको बजेटमा सांसद विकाष कोषको सुनिश्चित गर्न दवाव दिएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०–८१ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सुनिश्चित गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यनाकर्षण गराउँदै दवाव दिएका हुन ।

‘सर्वोच्चको नाममा रोक्न खोजिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अनिवार्य ल्याउन म अर्थमन्त्रीको ध्यान आकर्षित गर्छु,’ बैठकमा आफ्नो धारणा राख्दैसांसद कांग्रेस रामहरि खतिवडाले भन्नुभयो । खतिवडाले सांसद बिकास कोस नआए बजेट अस्वीकार गर्ने धम्कीसमेत दिनुभएको छ ।

यस्तै अर्का सांसद प्रदीप यादवले निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि कम्तीमा १० करोड रकम विनियोजन गर्नुपर्ने माग गर्नुभयो । अन्य सांसदले पनि विकास निर्माणमा जनप्रतिनिधिको भूमिका चाहिने भन्दै सांसद बिकास कोष चाहिने भन्दै दवाव दिएका थिए ।

अघिल्लो वर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ दिने बजेटको व्यवस्था व्यवस्थापिकाको कार्यभित्र नपर्ने भन्दै सर्वोच्च अदालतले रोक लगाएको थियो । अदालतले रोक लगाए पनि सांसदहरुले आफूहरु कोषको पक्षमा रहेको भन्दै दोब्बर बनाउनसमेत दवाव दिएका हुन । खतिवडा र यादव आफैले खर्च गरेर बिल मिलाउन पाउने सांसद बिकास कोष चाहिन्छ भन्दै दवाव दिनुभएको हो ।