बाँसबारीस्थित सरकारी जग्गा किर्ते र ठगी गरेको अभियोग लागेका अर्वपति ब्यापारी एवं कांग्रेस नेता बिनादे चौधरीले अनुसन्धान अधिकृत र सरकारी वकिललाई नै उल्टै धम्की दिनुभएको छ ।
काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बिनोद चौधरीसँग प्रहरीले चार घण्टा बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले आज बिहानै अर्बपति ब्यापारी चौधरीलाई बोलाएर सरकारी जग्गा किर्ते र ठगीको बिषयमा चार घण्टा बयान लिएको हो ।
राजतन्त्रमा दरवारको गुलामी गरेर अर्बपति बनेको र गणतन्त्र आएपछि ठूला पार्टी फेर्दै सांसद बनेर हाकाहाकी कानून मिचेर ब्यापार ब्यवसाय बिस्तार अभियान चलाउनु भएका चौधरीलाई सिआइवीले बिभिन्न पाटो केलाएर बयान लिएको हो ।
बयानको क्रममा चौधरीलाई यति उच्च घरानाका उच्च ब्यापारीले सरकारी जग्गा किर्ते गर्न अलिकति पनि लाज लागेन भन्नेसम्मको प्रश्नसमेत तेस्र्याए । बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा उद्योगी चौधरीसँग सिआइवीले बयान लिएको हो । चौधरीले सो घटनामा इन्कारी बयान दिनुभएको छ । बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको चौधरीको दावी छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो । चौधरीले आज विहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित भएर बयान दिनुभएको छ । जसमा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिको निर्णय अनुसार नै उक्त जग्गा तत्कालिन च्याम्पियन फुटवेयर प्रालि (हालको सीजी चाँदबाग रेसिडेन्सी) को नाममा आएको बयान चौधरीले दिनुभएको हो ।
‘कानुन बमोजिमबाहेक केही पनि गडबड गरिएको छैन । सरकारको सञ्चालक समितिले निर्णय गरेकाले कानुनसम्मत ढंगले जग्गा खरिद गरिएको हो,’ चौधरीको बयान उधृत गर्दै जनताटाइम्स डटकमसँग सरकारी वकिल कार्यालय स्रोतले भन्यो । बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको भन्दै उल्दै धम्की दिनुभएको स्रोतले बतायो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा चौधरीका सिंगो परिवार नै मुछिएको छ । सिआइवीले यसअघि नै बशन्त चौधरीसँग बयान लिइसकेको छ । यस्तै सीआईबीले चौधरीका भिनाजु महेश अग्रवालसँग पनि बयान लिएको छ । ‘मूल मुद्धालाई सपोर्ट गर्न घटना विवरण कागज गराइएको सिआइवीका अनुसन्धान अधिकृतको भनाई छ ।
चक्रपथस्थित बाँसबारी छालाजुत्ताको करिब १० रोपनी जग्गा हाल सीजी चाँदबाग रेसिडेन्सीको नाममा रहेको छ । बाँसबारी छालाजुत्ताको जग्गा पहिले च्याम्पियन फुटवेयरको नाममा ल्याइएको थियो । त्यसपछि उक्त फुटवेयर बन्द भएपछि त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सीको नाममा सारिएको थियो ।
यही प्रकरणमा गत माघ १८ गते सीआईबीले चौधरीका भाइ तथा सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरु अदालतको आदेशमा माघ २४ गते रिहा भएका थिए ।
च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १ सय कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २–२ सय कित्ता शेयर थियो । यस्तै गंगा चौधरीको नाममा १ सय कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो । अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा सञ्जय ठाकुर अध्यक्ष र सेयरधनीमा अरुण चौधरी र उहाँकी पत्नी हुनुहुन्छ ।
अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभए पनि बाँसबारी छालाजुत्ताको जग्गा निजी कम्पनीमा ल्याउने क्रममा उहाँको संलग्नता देखिएकोले सिआइवीले बयान लिएको हो । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मालपोतका कर्मचारी पनि दोषी हुन सक्ने भन्दै सीआईबीले मालपोतका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाएको छ । यस्तै सीआईबीले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सञ्चालक समितिका चार जनाको बयान लिने तयारी गरेको छ । तर चारै जना भने फरार रहेका छन ।
फरार हुनेहरुमा तत्कालीन सञ्चालक समितिका सदस्यहरु अर्थ र उद्योग मन्त्रालयका कर्मचारी र उद्योग विभागका कर्मचारी रहेको सीआईबी स्रोतले जनाएको छ । सिआइवी स्रोतले उनीहरु सवै चौधरी परिवारकै सल्लाहमा फरार भएको देखिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्