जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १२:२२

नारायणकाजी हुँदा मौलाएको सुन तस्करीमाथि रविले लगाए ब्रेक, धमाधम समातिन थाले तस्कर


काठमाडौं, चैत १४ । सुन तस्करीको आरोपमा काठमडौंबाट दुई जना पक्राउ परेका छन । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन । बिक र लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन बिक रलामाबाट बरामद भएको छ । उनीहरुले बिगत केही समयदेखि सुन तस्करी गर्दै आएको तथ्यसमेत खुलेको छ । पक्राउ परेकामध्ये लामा यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनजान रहेका ब्यक्ति हुन ।

नारायणकाजी श्रेष्ठ गृह मन्त्रीबाट हटनसथा धमाधम सुन पक्राउ पर्न थालेकोर र तस्कर पनि नियन्त्रणमा आउन थालेका छन । श्रेष्ठले गृह मन्त्रालय सम्हाल्दा टनका टन सुन बिमानस्थलबाट तस्करी हुने गरेकोमा अहिले ५० ग्राम पनि पक्राउ पर्न थालेको छ ।

गृह मन्त्रालयको नेतृत्व श्रेष्ठले सम्हाल्दा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलदेखि चीनसँग जोडिएको सवै नाकाबाट सुन तस्करी बढेको थियो । मन्त्रीका रुपमा श्रेष्ठले गृहको बाहेक सवैतिर ध्यान दिने गरेको र तस्करको संरक्षण गरेकोले खुलेयाम तस्करी बढेको थियो ।

श्रेष्ठ सो मन्त्रालयबाट हटनसथा धमाधम सुन पक्राउ पर्न थालेकोर र तस्कर पनि नियन्त्रणमा आउन थालेको प्रहरी स्रोतले बताएको छ । नारायणकाजीले गृह मन्त्रालय सम्हाल्दा टनका टन सुन बिमानस्थलबाट तस्करी हुने गरेकोमा अहिले ५० ग्राम पनि पक्राउ पर्न थालेको छ । प्रहरीले मंगलवार बिमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।